काठमाडौं । युगान्डा महिला क्रिकेट टिम र नेपाली महिला क्रिकेट टिम बिचको महिला टी-२० अन्तर्राष्ट्रिय श्रृंखलाको चौथो खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ ।
रातभरको वर्षाका कारण मैदानमा पानी जमेपछि खेल पौने घण्टा ढिला गरी पाैने २ बजेदेखि सुरु हुँदैछ । खेल १८ ओभरको हुनेछ ।
किर्तिपुरस्थित त्रिवी मैदानमा हुने पाँच खेलको महिला टी २० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गतको चौथो खेल प्रतियोगितामा नेपालका तर्फबाट आजको टिममा परिवर्तन गरिएको छ ।
नेपालका तर्फबाट हिरनान्माये रोयले डेब्यु गर्नुभएकाे छ। यससँगै नेपाली महिला क्रिकेटमा डेब्यु गर्ने उहाँ २४औं खेलाडी हाे । सबनम राई, संगीता राई र रोमा थापाको स्थानमा अप्सरी बेगम, अस्मिना कर्मचार्य र हिरनान्माये रोयले आज खेल्दैहुनुहुन्छ ।