राजगढ गाउँपालिकामा विजय जुलुस मनाएर घर फर्किनुभएका वडा सदस्यको मृत्यु • Nepal's Trusted Digital Newspaperराजगढ गाउँपालिकामा विजय जुलुस मनाएर घर फर्किनुभएका वडा सदस्यको मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राजगढ गाउँपालिकामा विजय जुलुस मनाएर घर फर्किनुभएका वडा सदस्यको मृत्यु

राजगढ गाउँपालिकामा विजय जुलुस मनाएर घर फर्किनुभएका वडा सदस्यको मृत्यु

  • समाचारपाटी
  • शुक्रबार, जेष्ठ ६, २०७९
राजगढ गाउँपालिकामा विजय जुलुस मनाएर घर फर्किनुभएका वडा सदस्यको मृत्यु

राजविराज । शपथ ग्रहण गर्न नपाउँदै सप्तरीमा नवनिर्वाचित राजगढ गाउँपालिकाका वडा सदस्यको शुक्रबार मृत्यु भएको छ । राजगढ गाउँपालिका -५ धौनकी टोलका ६९ वर्षीय राजेन्द्र सुतिहारको अचानक मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

विजय पश्चात खुशी देखिएका सुतिहार गाउँको विकासका लागि अत्यन्त उत्साहित हुनुहुन्थ्याे । ‘उहाँको अधुरो सपना बाँकी जनप्रतिनिधीले पुरा गर्नुपर्छ’ राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलले भन्नुभयाे–‘विजयपछि उहाँले बुनेका सपनाहरू सुनाउनुभएकाे थियाे र मिलेर गाउँको विकास गर्नुपर्छ भनेर योजनाहरू सुनाउनुभएकाे थियाे ।’

बुधबार साँझ आएको मत परिणाम अनुसार सुतिहार राजगढ गाउँपालिका वडा नम्बर ५ को वडा सदस्यमा जसपाको तर्फबाट उम्मेदवार रही विजयी हुनुभएकाे हाे । निर्वाचित हुने दुई वडा सदस्यमा सर्वाधिक ४ सय ७४ मत ल्याएर सुतिहार निर्वाचित हुनुभएकाे हाे ।

मतपरिणाम सार्वजनिक भएपछि बिहीबार सँगै खुसीयालीसाथ विजय जुलुस मनाएर घर फर्किनुभएका उहाँ खाना खाएर सुतेको तर बिहान घरमै मृत्यु भएको अवस्थामा फेला परेको स्थानीय किसुन साह बताउँनुहुन्छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका