एमालेकी उम्मेदवार सुनिता डंगोलकाे कट्याे २६ हजार मत • Nepal's Trusted Digital Newspaperएमालेकी उम्मेदवार सुनिता डंगोलकाे कट्याे २६ हजार मत • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • एमालेकी उम्मेदवार सुनिता डंगोलकाे कट्याे २६ हजार मत

एमालेकी उम्मेदवार सुनिता डंगोलकाे कट्याे २६ हजार मत

  • समाचारपाटी
  • शुक्रबार, जेष्ठ ६, २०७९
एमालेकी उम्मेदवार सुनिता डंगोलकाे  कट्याे २६ हजार मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले २६ हजार मत कटाउनुभएकाे छ। शुक्रबार बिहानको मतपरिणाम अनुसार डंगोलले २६ हजार ५ सय ७५ मत प्राप्त गर्नुभएकाे छ।

सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ८ हजार ५ सय ९१ मत प्राप्त गर्नुभएकाे छ।

काठमाडौं महानगरको वडा नम्बर १, २, ३, ४, ५, २८ र ३० को मतगणना सकिएको छ। वडा नं. एकदेखि पाँचसम्म वडाध्यक्षमा एमाले र वडा नं. २८ र ३० मा कांग्रेस विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। थप मत परिणाम आउन बाँकी छ।

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले पनि २८ हजार मत कटाउनुभएकाे छ। साहले सुरुदेखि नै निरन्तर अग्रता कायम राख्दै आउनुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका