ओलीको गृहनगर झापा दमक नगरपालिका प्रमुख उपप्रमुखमा राप्रपा र कांग्रेस उम्मेदवार विजयी • Nepal's Trusted Digital Newspaperओलीको गृहनगर झापा दमक नगरपालिका प्रमुख उपप्रमुखमा राप्रपा र कांग्रेस उम्मेदवार विजयी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ओलीको गृहनगर झापा दमक नगरपालिका प्रमुख उपप्रमुखमा राप्रपा र कांग्रेस उम्मेदवार विजयी

ओलीको गृहनगर झापा दमक नगरपालिका प्रमुख उपप्रमुखमा राप्रपा र कांग्रेस उम्मेदवार विजयी

  • समाचारपाटी
  • शुक्रबार, जेष्ठ ६, २०७९
ओलीको गृहनगर झापा दमक नगरपालिका प्रमुख उपप्रमुखमा राप्रपा र कांग्रेस उम्मेदवार विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको प्रमुखमा राप्रपाका उम्मेदवार रामकुमार थापा र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार रेगिना भट्टराई विजयी हुनुभएकाे छ ।

उहाँले नेकपा एमालेका उम्मेदवार गीता कुमारी पौडेललाई ५ सय ५९ मत अन्तरले हराउनुभएकाे हाे। राप्रपाका उम्मेदवार रामकुमार थापाले १७ हजार ५ सय २५ मत ल्याउँदा पौडेलले १६ हजार ९ सय ६६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत केशव प्रसाद पन्तले जानकारी दिनुभ्एकाे छ ।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार रेगिना भट्टराई  १७ हजार ७२ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अम्बिका प्रसाद खनालले १६ हजार ५ सय ७४ मत पाउनुभएकाे छ । ४ सय ९८ मतअन्तरले कांग्रेसका उम्मेदवार रेगिना भट्टराई विजयी हुनुभएकाे हाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका