'सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत भएकी युवतीकाे न्‍याय माग्दै बालुवाटारमा धर्ना • Nepal's Trusted Digital Newspaper'सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत भएकी युवतीकाे न्‍याय माग्दै बालुवाटारमा धर्ना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत भएकी युवतीकाे न्‍याय माग्दै बालुवाटारमा धर्ना

‘सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत भएकी युवतीकाे न्‍याय माग्दै बालुवाटारमा धर्ना

  • समाचारपाटी
  • शुक्रबार, जेष्ठ ६, २०७९
‘सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत भएकी युवतीकाे न्‍याय माग्दै बालुवाटारमा धर्ना
photo source:-onlinekhabar

काठमाडौं । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत भएकी युवतीको न्यायका लागि दबाब दिन युवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिएका छन् ।

‘अकुपाइ बालुवाटार’को नाममा अभियान नै चलाएर युवाले स्वतः स्फूर्तरुपमा भेला भएर धर्ना दिएका हुन् । बुधबार पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफूलाई सौन्दर्य प्रतियोगिताका एक सञ्चालकले लठ्ठिने सामग्री भएको पेय पदार्थ खुवाएर बलात्कार गरेको खुलासा गर्नुभएकाे थियाे ।

पीडितको मनोबल कमजोर हुन नदिन र आरोपीलाई सजायको माग गर्दै सामाजिक सञ्जालमा शुक्रबार साँझ ‘अकुपाइ बालुवाटार’ कार्यक्रमको आह्वान गरिएको थियो ।

धर्नामा सहभागीहरुले बलात्कार जस्तो गम्भिर विषयमा रहेको हदम्याद हटाउन पनि माग गरेका छन् ।

reap2 reap3

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका