प्रताप दास र स्मृति गौतमको स्वरमा कुमारीको ''बैंश जोबन २'' (भिडियोसहित) • Nepal's Trusted Digital Newspaperप्रताप दास र स्मृति गौतमको स्वरमा कुमारीको ''बैंश जोबन २'' (भिडियोसहित) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रताप दास र स्मृति गौतमको स्वरमा कुमारीको ”बैंश जोबन २” (भिडियोसहित)

प्रताप दास र स्मृति गौतमको स्वरमा कुमारीको ”बैंश जोबन २” (भिडियोसहित)

  • समाचारपाटी
  • शुक्रबार, जेष्ठ ६, २०७९
प्रताप दास र स्मृति गौतमको स्वरमा कुमारीको ”बैंश जोबन २” (भिडियोसहित)

काठमान्डाैँ । अजम्बरी प्रेम कथामा कुमारी लामाको लोक दोहोरी गीत ”बैंश जाेबन भाग २” भर्खरै बजारमा आएको छ । गीतमा स्कुल पढ्दा देखि बसेको प्रेम प्रगाडताको भाव रहेको छ । रिमंचक स्वादमा तयार भएको गीतमा प्रताप दास र स्मृति गौतमको सुमधुर स्वर सुन्न सकिन्छ ।

स्थानीय चुनाव भर्खरै सम्पन्न हुँदा र यस बिचमा गीत संगीतको बजारमा थोरै मात्र प्रस्तुति सार्वजनिक भैरहंदा, यस गीतले असंख्य संगीतका अनुरागीहरुलाई खुबै आनन्द प्रदान गर्ने कुरामा निर्माण युनिट ढुक्क रहेको छ । गीतलाई लय रेशम थिङ्गले तयार पार्नुभएकाे हाे भने शब्द रबिन लामाकाे रहेकाे छ ।

गीत निकै उत्कृष्ट बनेको छ र गीतको माधुर्यता जस्तै भिडियोलाई पनि आकर्षक रुपमा तयार पारिएको छ कुमारी लामाको बैंश जाेबन भाग २ को म्युजिक भिडियोमा ख्याती प्राप्त मोडल प्रकाश तामाङ्ग राज र रुबिना अधिकारीको आकर्षक अभिनय देख्न सकिन्छ । यस गीतका मोडल राजले यस अघि पनि थुप्रै गीतहरुको म्युजिक भिडियोमा आफ्नो दक्षता प्रस्तुत गरिसक्नुभएकाे छ ।

माथि उल्लेखित गीतको म्युजिक भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गर्नुभएकाे हाे भने छायांकन मुकेश हुमागाईं र सम्पादन राजकुमार मगरले गर्नुभएकाे छ । गीतको भिडियोलाई राम स्याङ्गतान आफिसिएल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका