सुर्यबिनायाक-९ मा एमालेका बस्नेतले फुच्चे केटो भनेकै कांग्रेस युवानेता खत्रीकाे शानदार जित • Nepal's Trusted Digital Newspaperसुर्यबिनायाक-९ मा एमालेका बस्नेतले फुच्चे केटो भनेकै कांग्रेस युवानेता खत्रीकाे शानदार जित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सुर्यबिनायाक-९ मा एमालेका बस्नेतले फुच्चे केटो भनेकै कांग्रेस युवानेता खत्रीकाे शानदार जित

सुर्यबिनायाक-९ मा एमालेका बस्नेतले फुच्चे केटो भनेकै कांग्रेस युवानेता खत्रीकाे शानदार जित

  • समाचारपाटी
  • शुक्रबार, जेष्ठ ६, २०७९
सुर्यबिनायाक-९ मा एमालेका बस्नेतले फुच्चे केटो भनेकै कांग्रेस युवानेता खत्रीकाे शानदार जित

पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय महेश बस्नेतकै आधारक्षेत्रको रुपमा परिचित सुर्यबिनायाक -९ मा नेपाली कांग्रेसका युवानेता भगवान खत्रीले शानदार जित हाँसिल गरेपछि माननीय महेश बस्नेतलाई ठूलो झट्का लागेको छ।

महेश बस्नेतको आफ्नै मावली गाउँ र नेकपा एमालेको लालकिल्लाको रुपमा रहिआएको सुर्यबिनायाक  नगरपालिका वडा नम्बर ९ मा नमिठो पराजय भोगेपछि आगामी संसदीय चुनावमा समेत आफ्नो थुप्रै भोट घट्न सक्ने उहाँले आँकलन गरिसक्नुभएकाे छ। उक्त वडामा भोट माग्न महेश बस्नेत आफ्नैं निरन्तर घरदैलोमा सहभागी हुनुभएकाे थियाे।

सुर्यबिनायाक  नगरपालिका वडा नम्बर ९ कै काँक्राबारीमा आयोजना गरिएको चुनावी सभामा उहाँले भगवान खत्रीलाई कांग्रेसको एउटा फुच्चेले वडा अध्यक्ष जितेर समग्र वडाको विकास गर्न नसक्ने बताउनुभएकाे थियाे। नेकपा एमालेले मेयर तथा उपमेयर जितेपछि वडा मात्र जितेर कांग्रेसले केहि गर्न नसक्ने बस्नेतको तर्क थियो।

बिशेष गरि आफ्नो वडाबासीहरुको दुख र सुखमा निरन्तर साथ दिदै आएका भगवान खत्री उक्त वडाका सबैजसो जनसमुदायसँग उत्तिकै घुलमिल र परिचित व्यक्तित्व हुनुहुन्छ। बिभिन्न सामाजिक काम र भ्रस्टाचार बिरुद्ध समेत खबरदारी गर्दै आउनुभएका खत्री पेशाले युवा व्यवसायी समेत हुनुहुन्छ। माननीय बस्नेतले होच्याएर फुच्चे भनिनुभएका भगवान खत्रीले चुनाव जितेपछि अहिले एमालेमा रुवाबासी नै चलेको हल्ला छ।

देशब्यापी रुपमा आएको युवाहरुको उभारले बालेन शाह जस्ता स्वतन्त्र व्यक्तिलाई अग्रस्थान दिलाई रहँदा अहिले दलका बुद्धिजीवीहरुले समेत यस्तै तर्क दिएर होच्याउने गर्नुभएकाे छ। तर निस्वार्थ भावनाले राजनीतिलाई पेशा होइन समाजसेवा बनाउनेछौं भनेर आउनुभएकाे युवाहरुले आमुल परिवर्तन गर्न नसकेपनि परिवर्तनको झिल्को भने शुरु गर्ने कतिपयको बुझाइ छ।

8J7A0013 scaled 8J7A0026 scaled

8J7A0015 scaled 8J7A0016 scaled

8J7A0030 scaled

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका