तनहुँ । तनहुँको व्यास नगर पालिकामा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता कायमै राख्नुभएकाे छ । सुरुवाती अग्रता लिनुभएका जोशीले ८ हजार ४ सय ३२ मतगणना हुँदासम्म कांग्रेसका बैकुण्ठनाथ न्यौपानेलाई पछि पार्छै निरन्तर अग्रता लिइरहनुभएकाे छ ।
एमालेको समर्थन पाउनुभएका जोशीले ३ हजार ८ सय २० मत ल्याएर अग्रता लिइरहनुभएकाे छ भने सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका न्यौपानेले ३ हजार ६४ मत पाउनुभएकाे छ । जोशी पूर्वमन्त्री तथा कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा हुनुहुन्छ ।
उपमेयरमा भने कांग्रेसकी इन्दिरा दरैले अग्रता कायम राख्नुभएकाे छ । उहाँले ३ हजार ४ सय ६४ मत ल्याउँदा एमालेकी बसुन्धरा घर्तीले ३ हजार १ सय १६ मत पाउनुभएकाे छ ।