हेटौँडामा गठबन्धनकी उम्मेदवार लामाको निरन्तर अग्रता • Nepal's Trusted Digital Newspaperहेटौँडामा गठबन्धनकी उम्मेदवार लामाको निरन्तर अग्रता • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • हेटौँडामा गठबन्धनकी उम्मेदवार लामाको निरन्तर अग्रता

हेटौँडामा गठबन्धनकी उम्मेदवार लामाको निरन्तर अग्रता

  • समाचारपाटी
  • बिहिबार, जेष्ठ ५, २०७९
हेटौँडामा गठबन्धनकी उम्मेदवार लामाको निरन्तर अग्रता

हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी मिनाकुमारी लामाले आफ्नो अग्रतालाई निरन्तर कायम गरिराखेकी छन् ।

हालसम्म ५७ हजार १६९ मत गणना भइसक्दा एकीकृत समाजवादीकी उम्मेदवार मिनाकुमारी लामाले १७ हजार ८५३ मत प्राप्त गर्दै अग्रता बनाएकी छन् । नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १६ हजार ६३२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् भने राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह १६ हजार ५१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

हेटौँडाको अहिलेसम्म १३ वटा वडाको मतगणना समपन्न भइसकेको छ भने ७ वटा वडाको मत गणना जारी रहेको छ । हेटौँडामा वडा नम्बर १, २, ३, ६, ७, १६ र १७ को वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने वडा नम्बर ४, ५, १४, १५, १८ र १९ को वडा अध्यक्ष पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका