स्थानीय तह निर्वाचन अन्तर्गत ५ सय ७० पालिकाको परिणाम सार्वजनिक • Nepal's Trusted Digital Newspaperस्थानीय तह निर्वाचन अन्तर्गत ५ सय ७० पालिकाको परिणाम सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • स्थानीय तह निर्वाचन अन्तर्गत ५ सय ७० पालिकाको परिणाम सार्वजनिक

स्थानीय तह निर्वाचन अन्तर्गत ५ सय ७० पालिकाको परिणाम सार्वजनिक

  • समाचारपाटी
  • बिहिबार, जेष्ठ ५, २०७९
स्थानीय तह निर्वाचन अन्तर्गत ५ सय ७० पालिकाको परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत बिहीबार दिउँसोसम्म ५ सय ७० पालिकाको परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले बिहीबार नियमित पत्रकार सम्मेलन गरेर ५ सय ७० तहको मतगणना सम्पन्न भएर नतिजा आएको जनाएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले १७४/१७४ मेयर र उपमेयर र ३९६/३९६ अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएको जानकारी दिनुभएकाे हाे । उहाँकाअनुसार ५ हजार ६ सय ५९ वडाध्यक्ष निर्वाचित हुनुभएकाे छ।

महिला सदस्यमा ५ हजार ६ सय ५३ जना निर्वाचित हुनुभएकाे छ। दलित महिला सदस्यमा ५ हजार ५ सय ५६ जना निर्वाचित हुनुभएकाे छ ।

अन्य वडा सदस्य १ हजार २ सय ९५ जना निर्वाचित भइसक्नुभएकाे छ। यो गरेर कुल २९ हजार ३ सय ३ जना जनप्रतिनिधि निर्वाचित भएको आयोगले जनाएको छ।

७ सय ५३ स्थानीय तहमा कुल ३५ हजार २ सय २१ जनप्रतिनिधि निर्वाचित हुनुपर्छ। अझै करिब ६ हजार जनप्रतिनिधि निर्वाचित गराउन मतगणना चलिरहेको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत हाराहारीको मतपरिणाम आइसकेको र साँझसम्म ८५ प्रतिशत पालिकाको नतिजा आउने बताउनुभएकाे छ ।

विभिन्न कारणले सम्पन्न हुननसकेको मतगणना स्थलमा बढीभन्दा बढी गणक परिचालन गरेर गणना गर्न आयोगले मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ।

पुन: चुनाव हुने र भएका स्थलमा मतपेटिका प्राप्त भएको चार दिनभित्र मतगणना सकिनेगरी निर्देशन दिइएको प्रवक्ता पौडेलले जानकारी दिनुभयाे।

annapurnapost

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका