काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा १२ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा २ हजार ५ सय ८० जनाकाे पिसिआर परीक्षण गर्दा १२ जना र १ हजार ४७ जनाकाे एनटिजेन परीक्षण गर्दा ० जना गरी १२ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घन्टामा ३ हजार ६ सय २७ जनामा कोरोना परिक्षण भएकाे छ भने ९ जना कोरोना संक्रमण मुक्त भएका छन्।
हालसम्म देशभर १ सय ५० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। देशभर काेराेना संक्रमणबाट मुक्त हुनेकाे संख्या ९ लाँख ६६ हजार ९ सय ३८ रहेकाे छ भने मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५२ पुगेकाे छ ।