पोखरा । पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै लिनुभएका छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयको पछिल्लो अद्यावधिक विवरणअनुसार सत्तागठबन्धनबाट उम्मेदवारी दिनुभएका एकीकृत समाजवादीका धनराज आचार्यले २१ हजार ८ सय ८० मत प्राप्त गर्नुभएकाे छ।
५२ हजार ८ सय १७ मत गणना हुँदा आचार्यले २१ हजार ८ सय ८० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापा दोस्रो स्थानमा हुनुहुन्छ। थापाले १९ हजार ३ सय ८८ मत प्राप्त गर्नुभएकाे छ। उपमेयरतर्फ भने एमालेकी मञ्जुदेवी गुरुङ अगाडि हुनुहुन्छ। उहाँले २२ हजार १ सय ३१ मत प्राप्त गर्नुभएकाे छ।
गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २२ हजार १ सय २२ मत प्राप्त गर्नुभएकाे छ।