महिला टी-२० अन्तरगत युगाण्डाविरुद्ध नेपालले ब्याटिङ गर्दै • Nepal's Trusted Digital Newspaperमहिला टी-२० अन्तरगत युगाण्डाविरुद्ध नेपालले ब्याटिङ गर्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • महिला टी-२० अन्तरगत युगाण्डाविरुद्ध नेपालले ब्याटिङ गर्दै

महिला टी-२० अन्तरगत युगाण्डाविरुद्ध नेपालले ब्याटिङ गर्दै

  • समाचारपाटी
  • बिहिबार, जेष्ठ ५, २०७९
महिला टी-२० अन्तरगत युगाण्डाविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौं । युगान्डा र नेपालबीचको महिला टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको तेस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पाँच खेलको महिला टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको बिहीबार हुने तेस्रो खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ ।

काजल श्रेष्ठ, कविता जोशी र अप्सरी बेगमको स्थानमा ज्योति पाण्डे र रोमा थापा र संगीता राई टिममा पर्नुभएकाे छ ।

नेपालको प्लेइङ ११ टिम : रुविना क्षेत्री (कप्तान), ज्योति पाण्डे, सीता राना मगर, इन्दु बर्मा, संगीता राई, रोमा थापा, सरिता मगर, कविता जोशी, विन्दु रावल, सबनम राई र डली भट्ट रहेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका