देशका पहाडी भू-भागमा केही स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaperदेशका पहाडी भू-भागमा केही स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • देशका पहाडी भू-भागमा केही स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

देशका पहाडी भू-भागमा केही स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

  • समाचारपाटी
  • बिहिबार, जेष्ठ ५, २०७९
देशका पहाडी भू-भागमा केही स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीमा भने  प्रदेश १, मधेश प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र मधेश प्रदेशका केही स्थानहरूमा मेघ गर्जन  र चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुको साथै अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका