नेवार बस्तीको रैथाने भोटको डरमा बालेन समर्थक • Nepal's Trusted Digital Newspaperनेवार बस्तीको रैथाने भोटको डरमा बालेन समर्थक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेवार बस्तीको रैथाने भोटको डरमा बालेन समर्थक

नेवार बस्तीको रैथाने भोटको डरमा बालेन समर्थक

  • समाचारपाटी
  • बिहिबार, जेष्ठ ५, २०७९
नेवार बस्तीको रैथाने भोटको डरमा बालेन समर्थक

सभागृहमा अगाडि नारा लागिरहेको छ ।
“सागर, बसन्ते किस्ने बालेन दाइले हो जित्ने” सागर, बसन्ते र किस्नेलाई बालेन दाइले जिते पनि के नजिते पनि के । किनकि केही समय अगाडि फूपुको छोराको म्यादी ड्रेस चोरेर लगाएपछि एकाएक भाइरल भए “मिदी भाइ” यी तीन नाम उनकै उपच हो, उनले उक्त नाम काल्पनिक रहेको यर्थाथ नरहेको बताइसकेका छन् ।
पार्टीसँग वर्षौँबाट दिक्क भएका सागर, बसन्ते र किस्नेजस्ता युवालाई काठमाडौँका स्वतन्त्र उम्मेद्वार बालेनले केही भरोसा दिएका छन् । त्यही भरोसाको आडमा सभा गृह अगाडि नारा लागिरहन्छ, “भ्रस्ट नेता चाहिँदैन, बालेन हार्न पाउँदैन ।” पार्टीको जुलुसमा हिँड्दा बाडिने भात यहाँ बाडिदैन । खसी ढल्दैन । पेट्रोल पम्पमा लाइन हुँदैन । खाजाघरमा चिर्कटो भेटिन्न । बियरको सिसी थपिन्न । बस्, नारा लागिरहन्छ, “बालेन दाइको दाह्री, स्थापितलाई भारी” यसरी व्यक्तिप्रति खनिनु हुँदैन थियो । जुन गलत भइरहेको छ, सभागृह अगाडि ।
स्थापित बालेनप्रति खनिएको अवस्थामा बालेनले दिएको सहज प्रतिक्रियाबाट पनि बालेनका समर्थकले बुझ्नु आवश्यक रहेको छ ।
बालेनले उम्मेद्वार घोषणा गरेपछि सञ्जालले सहयोग गर्यो । युवा आउनुपर्छ भन्ने विषयमा युवा नै लागे । उनका योजना बाहिर आए । उनको योजनाले सबैको मन जित्यो । पार्टी केहीहदसम्म डरायो तर पार्टीलाई रन्जु र किशोरको इतिहास थाहा भएकाले नडराएजस्तो गर्यो । तर बालेनलाई मिडियाले कभर गर्दै लगेपछि प्रतिद्धन्धीहरु खुलेरै व्यक्तिप्रति खनिए । माथि भनिएकोजस्तो पार्टीसँग वाक्क भएका युवाले अन्य उम्मेद्वारको कटाक्ष गर्यो ।

र, सुरु भयो । रैथाने भोटको विषय । सञ्जालमा भएको सर्पोटको अर्थ खासै हुँदैन भन्ने पक्ष आए । समीक्षाले त झनै सेलफी खिचेजस्तो होइन भन्ने भोट पाउने भन्ने मत राखिन् हाल उनी १०० भोटमा चुपचाप छिन् । जहाँ बालेन १६ हजारको मतमा पौडिरहेका छन् ।
के हो रैथाने भोट भनेको ?

काठमाडौं महानगरभित्र नेवार समुदायले आफूले रुचाएको उम्मेदवारलाई निमिट्यान्न पारेर भोट हाल्ने चलन निकै पुरानो हो । पछिल्ला उदाहरण हेर्दा नेवार समुदायले नेवार बस्तीसँग जोडिएको उम्मेदवारलाई मतदान गर्ने प्रवृत्ति रहेको देखिन्थ्यो । २०७४ को चुनावमा विद्यासुन्दर शाक्यले चुनाव जित्नुमा त्यही नेवार समुदायको सहयोग देखिन्छ ।

एमालेका उम्मेदवार केशव स्थापित र कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले कोर एरियाबाट बढ्ता आस गरेका छन् । मेयरमा अग्रता लिइरहेका बालेन साहलाई उछिन्नका लागि स्थापित र सिंहले भित्री बस्तीको गणना आस गरिरहेका छन्, यो आस कति सत्यमा रुपान्तरण हुन्छ भन्ने विषय समयले बताउने छ ।
महानगरको १०, ११, २९, ३१ वडा प्रकाशमानको क्षेत्रमा पर्दछ, जुन क्षेत्रबाट सिर्जना सिंहलाई बढ्ता आश छ । कांग्रेसको प्रभाव क्षेत्रको रूपमा यी वडाहरूलाई पनि विशेषत लिइन्छ ।

त्यसो त कांग्रेसले वडा नम्बर १२ , १७ र १८ मा पनि बढी आशा गरेको छ ।

काठमाडौं महानगरपालिकाको १२, १३, १५, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ वडा भित्री शहर र नेवार समुदायको बाहुल्य भएका बस्तीहरू हुन् । ती वडाहरूको मत स्थापित र सिंहले दाबी गरेजस्तो बालेनलाई कम भए पनि अर्का उम्मेदवार सुमन सायमीले प्रभावित बनाउनेछन् । सम्पदा संरक्षण र काठमाडौं सडक विस्तारविरुद्धको अभियानमा लागेका सायमी कालीमाटी क्षेत्रका बासिन्दा हुन् र उनको प्रभाव निकै छ ।

त्यसैले कोर नेवार समुदायको मत बालेनलाई कम आए पनि स्थापित, सिंह र सायमीमा बाँडिनेचाहिँ पक्का छ, जुन बालेनकै लागि फाइदाजनक हुनेछ । अहिलेको जुन खाले ट्रेण्ड देखिएको छ, त्यसले कोर बस्तीमा पनि बालेनको मत आएको विश्लेषण हुन थालेको छ ।

कोर नेवार बस्ती भनिएका वडाहरूमा ८७ हजार ३ सय ९१ रैथाने मत छ । त्यसमध्ये करिब ४३ हजार मात्रै मतदान भएको छ । १ लाख ९१ हजार मतदान भएकाले कोर नेवार बस्तीमा मतदान भएको मत नै कम भएकाले रैथाने बस्तीमा पुग्दा पनि सिंह र स्थापितलाई गाह्रो हुने विश्लेषण भइरहेको छ ।

अहिले बालेनले पाएको मत पहिला एमाले बलियो भएका वडाहरूबाट नै देखिन्छ । एमालेको गढकै रूपमा मानिएको ३२ नम्बर वडाबाट एमालेका उम्मेदवार स्थापितलाई भन्दा बालेनलाई बढी मत गएको छ । त्यसैगरी, वडा नम्बर १ बाट पनि त्यसरी नै गएको छ ।

अहिलेसम्म गणना भएका प्रत्येक वडाबाट बालेनले अग्रता लिइरहेका कारण कांग्रेसको प्रभाव भएका भनिएका वडाहरू १०, ११, २९, ३१ मा पनि बालेनकै सम्भावना देखिएको छ । कांग्रेसले आस गरेको बानेश्वरको देवीनगर, घट्टेकुलो, अनामनगर, बबरमहल, मैतिदेवी, बागबजार क्षेत्र हुन् । ती क्षेत्रमा पनि बालेनको प्रभाव बढ्ता देखिन्छ ।

एमालेले आस गरेका वडाहरू १, २, ३, ३२ थिए । ती वडाबाट स्थापितभन्दा बढी मत बालेनले ल्याएका छन् । अनि, १२, १५, १६, २९ पनि हुन् । यी वडामा एकीकृत समाजवादीको प्रभाव भएका वडा पनि हुन् । त्यसैले अब स्थापित र सिंहका लागि झन् गाह्रो देखिएको विश्लेषण पनि भइरहेको छ ।

‘स्वातन्त्र’

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका