काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा ६ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा २ हजार ८ सय ५६ जनाकाे पिसिआर परीक्षण गर्दा ६ जना र ६ सय १७ जनाकाे एनटिजेन परीक्षण गर्दा ० जना गरी ६ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर १ सय ४७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
३ हजार ४ सय ७३ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । देशभर काेराेना संक्रमणबाट मुक्त हुनेकाे संख्या ९ लाँख ६६ हजार ९ सय २९ रहेकाे छ भने मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५२ पुगेकाे छ ।