'नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छ':- महेन्द्र गुरुङ • Nepal's Trusted Digital Newspaper'नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छ':- महेन्द्र गुरुङ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छ’:- महेन्द्र गुरुङ

‘नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छ’:- महेन्द्र गुरुङ

  • समाचारपाटी
  • बुधबार, जेष्ठ ४, २०७९
‘नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छ’:- महेन्द्र गुरुङ

पोखरा । नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र)ले नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङको राजीनामा माग गर्नुभएकाे छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उपकुलपति बनेको डा. जगमान आफूलाई हराउन विपक्षी पार्टीका उम्मेद्वारलाई मत माग्दै हिँडेको भन्दै महेन्द्रले राजीनामा माग गर्नुभएकाे हाे ।

मादी १० भाचोकमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै महेन्द्रले डा. जगमान आफूविरुद्ध लागेको आरोप लगाउनुभएकाे छ । ‘कांग्रेस र माओवादीको सरकार हुँदा होइन, नेकपा एमालेको सरकार हुँदा केपी ओली प्रधानमन्त्री हुँदा प्रा.डा. जगमान गुरुङलाई राज्यमन्त्री
सरहको सेवासुविधा दिएको थियो ।

महिनाको ६०÷७० हजार तलब, भत्ता, गाडी र क्वाटर छुट्टै हुन्छ । त्यत्रो सेवासुविधा पाएका मान्छे मेरो विरुद्ध लागेर मलाई हराउनुभएको छ,’ उहाँले थप्नुभयाे, ‘यदी जगमान गुरुङ अगाडि डिआर लेख्ने मान्छे हुनुहुन्छ भने, नैतिकता छ भने उहाँले राजीनामा दिनुपर्छ । म उहाँको
राजीनामा माग गर्दछु ।’ डा. जगमान केपी शर्मा ओलीको सरकार र कास्कीका रवीन्द्र अधिकारी संस्कृतिमन्त्री हुँदा २०७५ साल पुसमा उपकुलपति नियुक्त हुनुभएकाे थियाे ।

मादी ३ याङ्जाकोटका डा. जगमानले कांग्रेस उम्मेद्वारलाई जिताउन चुनावी अभियान र मौन अवधिमा हिँडेकोमा मादीका एमाले नेता–कार्यकर्ता असन्तुष्ट बनेका हुन् । चुनाव हारे पनि आफू जनताको समस्या समाधान गर्ने विषयमा सक्रिय रहने बताउनुभयाे । ‘स्थानीय तह जे भयो भयो । प्रदेश र संघमा एमालेलाई जिताउनुस्, यहाँ अधुरा विकासका योजना पुरा गर्न यहाँबाट गएका एमाले सांसद भिजन
ल्याउने छौँ,’ उहाँले भन्नुभयाे ।

मंगलबार सार्वजनिक मत परिणामअनुसार मादी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका देवीजंग गुरुङ र उपाध्यक्षमा एमालेकी कल्पना गुरुङ निर्वाचित हुनुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका