पोखरा । पोखरा महानगरपालिकाको मेयर उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायम रहेकाे छ । ३९ हजार ३ सय १३ मत गणना हुँदा आचार्य एमालेका उम्मेदवार कृष्ण थापाभन्दा २ हजार ३५ मत अन्तरले अगाडि रहनुभएकाे छ ।
आचार्यले १६ हजार ४ सय १९ र थापाले १४ हजार ३ सय ८४ मत पाउनुभएकाे छ । मेयर पदमा राप्रपाका उम्मेदवार शंकर खरालले १ हजार ६ सय २१ र स्वतन्त्र उम्मेदवार खड्कराज पौडेल (गनेस)ले ८ सय ९६ मत पाउनुभएकाे छ ।
उपमेयर पदमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटको अग्रता कायम रहेकाे छ । नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङभन्दा २ सय ६७ मतले मात्रै अगाडि हुनुहुन्छ ।
नेपाली कांग्रेसकी कोपिलाको पक्षमा १६ हजार ६सय ६५ मत आउँदा , एमालेकी उम्मेदवार मञ्जुले १६ हजार ३ सय ९८ मत प्राप्त गर्नुभएकाे छ । राप्रपाकी रञ्जना सेनले १ हजार ३ सय ७५ मत पाउनुभएकाे छ ।