मुगु । सोरु गाउँपालिका वडा नम्बर ६ बन्जामा मुगुका नेपाली कांग्रेस सभापति चढेको जीप दुर्घटनामा परेको छ। दुर्घटनामा मुगुका नेपाली कांग्रेस सभापति ऐनबहादुर शाही र अन्य २ जना घाइते हुनुभएकाे छ। सदरमुकाम गमगढी बजारदेखि सोरुकोटतर्फ जाँदै गरेको लु १ प १७७२ नम्बरको जीप बुधबार दिउँसो १२ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभएकाे हाे।
जीपमा सभापति शाहीलगायत १५ जना सवार थिए। घाइते हुनेमा कांग्रेसका पूर्वगाउँकार्य समितिका सदस्य नरजित शाही र सोरुपालिका गाउँकार्य समितिका सभापति कुबेर जंग शाही हुनुहुन्छ।
अन्यलाई भने सामान्य चोट लागेको प्रहरीले जनाएको छ। सामान्य घाइतेहरुको सोरुकोटमा उपचार भइरहेको छ । सभापति र अन्य गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी महतले बताउनुभयाे।