'दुई दिन बिदाले कुनै प्रतिफल दिन सक्दैन' :- योगेश भट्टराई • Nepal's Trusted Digital Newspaper'दुई दिन बिदाले कुनै प्रतिफल दिन सक्दैन' :- योगेश भट्टराई • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘दुई दिन बिदाले कुनै प्रतिफल दिन सक्दैन’ :- योगेश भट्टराई

‘दुई दिन बिदाले कुनै प्रतिफल दिन सक्दैन’ :- योगेश भट्टराई

  • समाचारपाटी
  • बुधबार, जेष्ठ ४, २०७९
‘दुई दिन बिदाले कुनै प्रतिफल दिन सक्दैन’ :-  योगेश भट्टराई

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले हचुवाको भरमा दुई दिन बिदा दिइएको बताउनुभएकाे छ । बुधबार प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिदै भट्टराईले विकल्प नसोचेर हचुवाको भरमा सरकारले दुई दिन बिदा दिएको भन्दै आपत्ति जनाउनुभएकाे छ ।

उहाँले भन्नुभयाे, ‘सरकारले दुई दिन बिदाको कुरा गरेको छ । दुई दिनको विदा केका लागि ? दुई दिन बिदा केका लागि ? पेट्रोलियम पदार्थको खपत घटाउनका लागि हो भने त्यो प्रत्युत्पादक हुन्छ । ‘

उहाँले दुई दिन बिदा हुँदा राष्ट्रिय श्रम शक्तिलाई अघाडि बढाउन नसक्ने बताउनुभएकाे छ। ‘ दुई दिन बिदाले कुनै प्रतिफल दिन सक्दैन । थप बिदा दिँदा राष्ट्रिय श्रम शक्तिलाई कसरी अघि बढाउन सक्छ ? देशको पर्यटन उद्योगलाई बढाउने उपाय नसोचेर हचुवाको भरमा बिदा दिइएको छ । ‘

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका