वालिङ नगरपालिका मेयरमा एमाले र उपेमयरमा कांग्रेस विजयी • Nepal's Trusted Digital Newspaperवालिङ नगरपालिका मेयरमा एमाले र उपेमयरमा कांग्रेस विजयी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • वालिङ नगरपालिका मेयरमा एमाले र उपेमयरमा कांग्रेस विजयी

वालिङ नगरपालिका मेयरमा एमाले र उपेमयरमा कांग्रेस विजयी

  • समाचारपाटी
  • बुधबार, जेष्ठ ४, २०७९
वालिङ नगरपालिका मेयरमा एमाले र उपेमयरमा कांग्रेस विजयी

स्याङ्जाको वालिङ नगरपालिकाको मेयरमा एमाले र उपेमयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा एमालेका कृष्ण खाँण र उपमेयरमा नेपाली कांग्रेसकी कविता तिवारी गैह्रे विजयी हुनुभएकाे हाे ।

एमालेका कृष्ण खाँणले नेपाली निवर्तमान मेयरसमेत रहनुभएकाे कांग्रेसका दिलीप प्रताप खाँणलाई २ हजार१ सय ८० मतान्तरले पराजित गर्नुभएकाे हाे । कृष्ण खाँणले १३ हजार ७ सय ७६ मत ल्याउँदा दिलीप प्रताप खाँणले ११ हजार ५ सय ९६ मत ल्याउनुभएकाे हाे ।

उपमेयरमा भने कांग्रेसकी कविता तिवारी गैह्रेले ४ सय ८२ मतान्तरले एमालेकी खगिसरा थापालाई पराजित गर्नुभएकाे छ । तिवारीले १२ हजार ८ सय २२ मत ल्याउँदा उहाँकी प्रतिस्पर्धी थापाले १२ हजार ३ सय ४० मत पाउनुभएकाे थियाे । पराजित थापा २०७४ को चुनावमा पनि यही पदमा उम्मेदवार हुनुहुन्थ्याे ।

१४ वडामध्ये एमालेले ८ र कांग्रेसले ६ वडामा अध्यक्ष जितेको छ । एमालेबाट वडानम्बर ३ मा भीमबहादुर गुरुङ, ४ मा हरिप्रसाद खनाल, ६ मा श्यामकृष्ण श्रेष्ठ, ७ मा पाण्डुकुमार थापा, ८ मा दामोदर तिवारी, ९ मा अमृत श्रेष्ठ, १२ मा विश्वजंग गुरुङ र १३ नमलाल डुम्रे विजयी हुनुभएकाे छ ।

यस्तै, कांग्रेसबाट वडानम्बर १ मा पदमराज गुरुङ, २ पोतप्रसाद लम्साल, ५ मा छवि आले, १० मा सुनील खनाल, ११ मा डण्डापानी पंगेनी
र १४ मा राजु कुँवर विजयी हुनुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका