काठमाडौं महानगरपालिका ८ वटै वडामा बालेनकाे अगता • Nepal's Trusted Digital Newspaperकाठमाडौं महानगरपालिका ८ वटै वडामा बालेनकाे अगता • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • काठमाडौं महानगरपालिका ८ वटै वडामा बालेनकाे अगता

काठमाडौं महानगरपालिका ८ वटै वडामा बालेनकाे अगता

  • समाचारपाटी
  • बुधबार, जेष्ठ ४, २०७९
काठमाडौं महानगरपालिका ८ वटै वडामा बालेनकाे अगता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले सुरुवातदेखिको अग्रता कायम राख्नुभएकाे छ ।

आइतबार १, २, ३, ४ र ३२ को मतगणना हुँदा अग्रता लिनुभएकाे उहाँले सोमबार थप वडाहरुको गणना हुँदा पनि अग्रता अझ फराकिलो बनाउँदै लग्नुभएकाे छ ।

महानगरको वडा नम्बर १ र २ को मतगणना सकिएको छ । वडा नं १ मा बालेनले ७ सय ८३ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३ सय ६५ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४ सय ५१ मत पाउनुभएकाे छ ।

वडा नं २ मा बालेनले एक हजार २ सय २०, स्थापितले ७ सय २८ र सिंहले ४ सय ९७ मत प्राप्त गर्नुभएकाे छ । यी दुबै वडाको अध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित हुनुभएकाे छ । एमालेका वडाध्यक्षका उम्मेदवारले भन्दा मेयरका उम्मेदवार स्थापितले कम मत पाउनुभएकाे छ । वडा नम्बर १ का अध्यक्षमा निर्वाचित भरतलाल श्रेष्ठले ६२२ मत पाए, जुन स्थापितले पाएको भन्दा २ सय ५७ मत बढी हो ।

यस्तै, वडा नं २ को अध्यक्षमा निर्वाचित राजेन्द्रकुमार श्रेष्ठले मेयरका उम्मेदवार स्थापितले भन्दा ६ सय ४९ मत बढी अर्थात् १ हजार ३ सय ७७ मत पाउनुभएकाे छ ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समेत समर्थन पाएकी कांग्रेस उम्मेदवार सिंहले पनि आफ्नो पार्टीका वडाध्यक्षको उम्मेदवारले भन्दा कम मत पाउनुभएकाे छ ।

वडा नं १ मा कांग्रेसका वडाध्यक्षको उम्मेदवार किरण श्रेष्ठले ५ सय ९८, नेकपा माओवादी केन्द्रका अर्जुन महर्जनले ३८, एकीकृत समाजवादीका पुष्पकाजी श्रेष्ठले ३६ मत पाउनुभएकाे छ । उहाँहरु सबैले पाएको मत जोड्दा ६ सय ७२ पुग्छ, जुन मेयरका उम्मेदवार सिंहले पाएको भन्दा २ सय २१ ले बढी हो ।

सोमबार मतगणना भइरहेको वडा नं ३, ४, ५, ६, ३१ र ३२ मा नेकपा एमालेले राम्रो मत आउने अनुमान गरेको थियो । एमालेको अनुमान अनुसार वडाध्यक्षका उम्मेदवारले अग्रता लिइरहेका छन्, तर मेयरका उम्मेदवार स्थापितले त्यस अनुसार मत पाउन सकेका छैनन् ।

वडा नम्बर ५, ६ र ३१ को मतगणना सुरु हुनु भन्दा अगाडि एमालेका नेताहरुले यी तीनवटै वडाको मत गन्न थालेपछि बालेन पछाडि पर्ने तर्क गरेका थिए । तर, मतगणनाको नतिजा आउँदा एमालेको अनुमानले फेल खाएको छ ।

सोमबार साँझ ८ बजेसम्मको तथ्याङ्क अनुसार मतगणना भइरहेको ६ वटै वडामा बालेनले अग्रता लिइरहेका छन् । वडा नं ३ मा सोमबार साँझसम्म बालेनले १ हजार२ सय ७६, स्थापितले ६ सय ७८ र सिंहले ६ सय ३० मत पाएकी छन् ।

वडा नं ४ मा बालेनले १५ हजार ३९ मत ल्याउनुभएकाे छ । जहाँ स्थापितको मत ७ सय ४५ र र सिंहको मत ३६३ मत छ । वडा नं ५ मा बालेनले ५ सय ९७ मत ल्याउँदा स्थापितले ३ सय ८६ र सिंहले २ सय ७१ मत प्राप्त गर्नुभएकाे छ ।

वडा नं ६ को मतगणनामा पनि सुरुवातमै बालेनले अग्रता लिनुभएकाे छ । यो वडाबाट बालेनले १ सय २४ मत ल्याउँदा स्थापितले १०० र सिंहले १ सय ७ मत पाउनुभएकाे छ ।

वडा नं ३१ मा बालेनले ७ सय ५८, स्थापितले ४ सय ५८ र सिंहले ४ सय ३१ मत पाउनुभएकाे छ । वडा नं ३२ मा सुरुवात देखि नै अग्रता लिएका बालेनले एक हजार ७ सय ४० मत ल्याउँदा स्थापितले ७ सय ९९ र सिंहले ६ सय ८० मत पाउनुभएकाे छ ।

मतगणनामा बसेका राजनीतिक दलका प्रतिनिधिहरुका अनुसार धेरै मतदाताले एक भोट वालेनलाई र बाँकी पार्टीका उम्मेदवारलाई दिने गरेको पाइएको छ । कतिपयले मेयरमा पार्टीका उम्मेदवार र वालेन दुवैलाई मत दिँदा बदर मतको संख्या पनि धेरै छ ।

राष्ट्रिय सभागृहस्थित मतगणनास्थलमा भेटिएका एमालेका एक प्रतिनिधि भन्छन्, ‘मेयरको अधिकांश बदर मत पार्टीलाई र लौरो दुबैमा छाप लगाएको वाला छ ।’

source:-onlinekhabar

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका