स्याङ्गजा । अर्जुनचौपारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश तिवारी र सपना गुरुङ विजयी हुनुभएकाे छ।
नेपाली कांग्रेसका तिवारीले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका चिनुमाया गुरुङ्लाई १ हजार ९ सय ४४ मतान्तरले पछि पार्दै विजयी हुनुभएकाे हाे। तिवारीको ५ हजार २ सय ९१ मत पाउँदा गुरुङले ३ हजार ३ सय ४७ मत प्राप्त गर्नुभएकाे थियाे ।
उपप्रमुखमा गुरुङले १ हजार ६० मतको अन्तरले विजयी हुनुभएकाे छ। गुरुङले ४ हजार ८ सय २७ मत ल्याउँदा प्रतिस्पर्धी एमालेका टंकप्रसाद खनालले ३ हजार ७ सय ६७ मत पाउनुभएकाे छ। ६ वडा रहेको गाउँपालिकामा एउटा वडा बाहेक सबै वडामा नेपाली कांग्रेस विजयी भएको छ।
पालिकाको वडा नम्बर १ देखि ६ सम्म क्रमशः रणबहादुर थापा, धनबहादुर गुरुङ, शोभाकान्त काफ्ले, भुवनसिंह गुरुङ, बद्रीप्रसाद पौडेल र नारायणप्रसाद ढकाल विजयी हुनुभएकाे छ। अर्जुनचौपारी गाउँपालिकामा कांग्रेसकै बहुमत पुगेको छ।