काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भातृशोक परेको छ। लामोसमयदेखि फोक्सोको क्यान्सरबाट पीडित प्रेमबहादुर देउवाको सोमबार राति काठमाडौंको वीर अस्पतालमा निधन भएको हाे ।
क्यान्सरको उपचार गराईरहनुभएका प्रेमबहादुर देउवाको उपचारका क्रममा निधन भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिनुभयाे ।
डडेल्धुरा घर भएका प्रेमबहादुर देउवाको निधनबाट नेपाली कांग्रेसलाई क्षति भएको महरले बताउनुभएकाे छ । पञ्चायतकालीन समयदेखि प्रेमबहादुर देउवाले संघर्ष गर्नुभएकाे थियाे ।