काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलकाे १० हजार मत कटेकाे छ। मंगलबार दिउँसोको मतपरिणाम अनुसार डंगोलले १० हजार ४ सय ७७ मत प्राप्त गर्नुभएकाे छ।
सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ३ हजार ४८ मत प्राप्त गर्नुभएकाे छ। राप्रपाकी उम्मेदवार बिनिता मगैयाले २ हजार २ सय २ मत प्राप्त गर्नुभएकाे छ। काठमाडौं महानगरको वडा नम्बर १ र २ को मतगणना सकिएको छ। अहिले वडा नम्बर ३, ४, ५, ६, ७, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ ।