पर्वतको फलेवासमा गठवन्धनका उम्मेदवार गंगाधार तिवारी र शोभा क्षेत्री विजयी • Nepal's Trusted Digital Newspaperपर्वतको फलेवासमा गठवन्धनका उम्मेदवार गंगाधार तिवारी र शोभा क्षेत्री विजयी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पर्वतको फलेवासमा गठवन्धनका उम्मेदवार गंगाधार तिवारी र शोभा क्षेत्री विजयी

पर्वतको फलेवासमा गठवन्धनका उम्मेदवार गंगाधार तिवारी र शोभा क्षेत्री विजयी

  • समाचारपाटी
  • मङ्लबार, जेष्ठ ३, २०७९
पर्वतको फलेवासमा गठवन्धनका उम्मेदवार गंगाधार तिवारी र शोभा क्षेत्री विजयी

पर्वत । पर्वतको फलेवास नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा गठवन्धनका उम्मेदवार बिजयी भएका छन् । गठवन्धनबाट नगर प्रमुखको उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका गंगाधार तिवारी नगरप्रमुख र माओवादी केन्द्रकी शोभा क्षेत्री क्रमशः प्रमुख र उपप्रमुखमा बिजयी हुनुभएको हो ।

तिवारीले १३ सय ६२ मतको अन्तरले एमाले उम्मेदवार पदमपाणी शर्मालाई पराजित गर्नुभएको हो । तिवारीले ७ हजार ७ सय मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धि एमालेका शर्माले ६ हजार ३ सय ३८ मत प्राप्त गनुभएको छ ।

त्यसैगरी उपप्रमुखमा शोभाकुमारी क्षेत्रीले ६ हजार ३ सय २७ मत प्राप्त गरी बिजयी हुनुभएको छ , भने उहाँकी प्रतिस्पर्धी  एमालेकी मञ्जुअधिकारीले ६ हजार ५७ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा २ सय ७० मतको अन्तर रहेको छ ।

फलेवासमा पुरानै अनुहार दोहोरीएकाे हाे । अहिले पराजित बनेका पदमपाणी शर्मा र मञ्जु अधिकारी निवर्तमान नगर प्रमुख र उपप्रमुख हुनुहुन्छ । २०७४ सालको स्थानीय निर्वाचनमा अहिले बिजयी हुनुभएका तिवारी र क्षेत्री झिनो मतले पराजित हुनुभएको थियो । गठवन्धनका कारण अहिले उहाँहरुले जित्नुभएको हो ।

फलेवास नगरपालिकाका ११ वटा वडा मध्ये वडा नं २, ५, ७,८ र ११ मा एमाले बिजयी भएको छ भने वडा नं १, ३, ४, ६, ९ र १० मा नेपाली काँग्रेसका उम्मेदवार बिजयी भएको रमेशराज रेग्मी ले बताउनुभयो ।

 

image0 3

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका