बन्दीपुर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सुरेन्द्रबहादुर थापा निर्वाचित • Nepal's Trusted Digital Newspaperबन्दीपुर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सुरेन्द्रबहादुर थापा निर्वाचित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बन्दीपुर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सुरेन्द्रबहादुर थापा निर्वाचित

बन्दीपुर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सुरेन्द्रबहादुर थापा निर्वाचित

  • समाचारपाटी
  • मङ्लबार, जेष्ठ ३, २०७९
बन्दीपुर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सुरेन्द्रबहादुर थापा निर्वाचित

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार सुरेन्द्रबहादुर थापा निर्वाचित हुनुभएकाे छ । उपाध्यक्षमा भने नेपाली कांग्रेससँग माओवादी केन्द्र दुई मत अन्तरले पराजित भएको छ ।

गाउँपालिकाको अध्यक्षमा निर्वाचित थापाले ३ हजार २ सय २९ मत पाउनुभएकाे छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका पूर्णसिंह थापाले ३ हजार १ सय ६६ मत पाउनुभएकाे छ । नेपाली कांग्रेसका उम्मेदवार ध्रुवलाल प्रधानले २ हजार ७ सय ८९ मत पाउनुभएकाे छ ।

उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार पञ्चमाया गुरुङ ३ हजार २७ मत पाउँदै निर्वाचित हुनुभएकाे छ । उहाँसँग माओवादी केन्द्रकी उम्मेदवार करुणा गुरुङ दुई मत अन्तरले पराजित हुनुभयाे । करुणाले ३ हजार २५ मत पाउनुभयाे ।

उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएकी केशमाया गुरुङले १ हजार ५ सय ९५ मत पाउनुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका