बेनी नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा माओवादीका उम्मेदवार विजयी • Nepal's Trusted Digital Newspaperबेनी नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा माओवादीका उम्मेदवार विजयी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बेनी नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा माओवादीका उम्मेदवार विजयी

बेनी नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा माओवादीका उम्मेदवार विजयी

  • समाचारपाटी
  • मङ्लबार, जेष्ठ ३, २०७९
बेनी नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा माओवादीका उम्मेदवार विजयी

बेनी । म्याग्दीको बेनी नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा माओवादी केन्द्रका उमेद्वार विजयी हुनुभएकाे छ। मेयरमा एमालेका सुरत केसीले सात हजार ६ सय ३ र उपमेयरमा माओवादीकी ज्योति लामिछाने पौडेलले ७ हजार ७३ मत ल्याएर विजयी हुनुभएकाे  मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभएकाे हाे।

मेयरमा नेपाली कांग्रेसका चिरञ्जिवी शर्माले छ हजार २ सय ३० र उपमेयरमा एमालेकी पशुपति शाहीले पाँच हजार ५ सय  मत पाउनुभएकाे छ।

बेनीको मेयर, उपमेयर र पाँच वटा वडामा कांग्रेस र माओवादीले तालमेल गरेर साझा उमेद्वार बनाएका थिए। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा २१ हजार ८ सय ४२ जना मतदाता रहेको बेनी नगरपालिकामा ६९.६४ प्रतिशत अथवा १५ हजार २११ मत खसेको थियो। १० वटा वडा रहेको बेनीको ५२ पदका लागि १ हजार ५६ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।

एमालेले पाँच, कांग्रेसले तीन र माओवादीले दुई वटा वडाको अध्यक्ष जितेका छन्। वडा नम्बर १ मा एमालेका टेकबहादुर थापा, २ मा कांग्रेसका यामबहादुर कार्की, ३ मा माओवादीका पदम पुन, ४ मा माओवादीका भगवान खड्का, ५ मा एमालेका गोविन्द बानिया, ६ मा एमालेका कृष्णसिंह बानिया, ७ मा कांग्रेसका रमेश श्रेष्ठ, ८ मा एमालेका उत्तमकुमार कर्माचार्य, ९ मा कांग्रेसका चक्र केसी र १० मा एमालेका मसविर रोका वडा अध्यक्षमा निर्वाचित भएका छन्।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका