काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता थप फराकिलो बनाउनुभएकाे छ । आज बिहानको ताजा मत परिणाम अनुसार बालेनले १० हजार २ सय ४१ मत पाउनुभएकाे हाे ।
उहाँ नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ४ हजार ७ सय ८८ मत अन्तरले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ५ हजार ४ सय ९९ मत अन्तरले अगाडि हुनुहुन्छ ।
केशव स्थापितले ५ हजार ४ सय ५३ र सिर्जना सिंहले ४ हजार ७ सय ४२ मत पाउनुभएकाे छ । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ८ सय ४५, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६ सय ९१ मत र विवेकशील साझा पार्टीकी समिक्षा बास्कोटाले १ सय ७ मत पाउनुभएकाे छ ।
उपमेयर पदमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ९ हजार ४ सय १९ मतसहित अग्रता कायम गर्नुभएकाे छ ।
सत्ता गठबन्धनबाट उपमेयरको साझा उम्मेदवार बन्नुभएका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार ५ सय ७५ मत पाउनुभएकाे छ । राप्रपाकी उम्मेदवार विनिता मगैयाको पक्षमा १ हजार ७ सय ९ र विवेकशील साझा पार्टीकी कीर्ति तुलाधरको पक्षमा ४ सय ४ मत पाउनुभएकाे छ ।