पोखरामा उम्मेदवार धनराज आचार्य र कोपिला रानाभाटकाे अग्रता • Nepal's Trusted Digital Newspaperपोखरामा उम्मेदवार धनराज आचार्य र कोपिला रानाभाटकाे अग्रता • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरामा उम्मेदवार धनराज आचार्य र कोपिला रानाभाटकाे अग्रता

पोखरामा उम्मेदवार धनराज आचार्य र कोपिला रानाभाटकाे अग्रता

  • समाचारपाटी
  • मङ्लबार, जेष्ठ ३, २०७९
पोखरामा उम्मेदवार धनराज आचार्य र कोपिला रानाभाटकाे अग्रता

पोखरा । कास्कीको पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले अग्रता फराकिलो बनाउँदै लग्नुभएकाे छ ।

२० हजार ६ सय ६० मत गणना हुँदा आचार्य १ हजार २ सय ८५ मतान्तरले अगाडि हुनुहुन्छ । आचार्यले ८ हजार ५ सय ६३ मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ७ हजार २ सय ७८ मत पाउनुभएकाे छ । स्वतन्त्र उम्मेदवार खड्कराज पौडेल (गनेस)ले ५ सय २६ मत पाउनुभएकाे छ ।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ८ हजार ८ सय ७६ मतसहित अग्रता कायमै राख्नुभएकाे छ । एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ८ हजार २ सय ७१ मत पाउनुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका