सुनिता कार्की, स्याङ्गजा । स्थानीय तह निर्वाचन २०७९ मा स्याङ्जा फेदीखोला गाउँपालिकामा अध्यक्ष पदमा नेकपा एमाले घनश्याम सुवेदी पुनः निर्वाचित हुनुभएकाे छ । उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार देउकुमारी गुरुङ ‘चिजा’ निर्वाचित हुनुभएकाे छ ।
घनश्याम सुवेदीले ३ हजार ८ सय ३६ मत ल्याएर विजयी हुनुभएकाे छ भने उहाँका प्रतिस्पर्धी (गठबन्धन) नेपाली काँग्रेसका उम्मेदवार लक्ष्मि प्रसाद बरालले ३ हजार ७ सय ४ मत प्राप्त गर्नुभएकाे थियाे। १ सय ३२ मतान्तरले सुवेदी विजयी हुनुभएकाे हाे ।
सुवेदी फेदीखोला गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत हुनुहुन्थ्याे। उहाँ पुनः दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएकाे छ।
यस्तै उपाध्यक्षतर्फ नेकपा एमालेकी देउकुमारी गुरुङ ‘चिजा’ ले गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका शिव प्रसाद पराजुलीलाई पराजित गर्नुभएकाे छ।
गुरुङले ३ हजार ९ सय ७८ मत पाएर विजयी हुनुभएकाे हाे। उहाँका प्रतिस्पर्धी पराजुलीले २ हजार ३ सय ७९ मत प्राप्त गर्नुभएकाे थियाे। १ हजार ५ सय ९९ भारी मतान्तरले नेकपा एमालेकी गुरुङ विजयी हुनुभएकाे हाे।
स्याङ्जा फेदीखोला गाउँपालिका वडा- ३, ४ ,५ र १ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार विजयी हुनु भएकाे छ भने वडा २ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारसहितकाे प्यानल विजयी भएकाे छ ।
फेदीखोला गाउँपालिका वडा अध्यक्ष पदमा वडा नं. १- बाट नेपाली काँग्रेसका अमृत क्षत्री , वडा नं. २- बाट नेकपा एमालेका अविलास गुरुङ ,वडा नं.३-बाट नेपाली काँग्रेसका कृष्ण बहादुर रानाभाट , वडा नं.४- बाट नेपाली काँग्रेसका ख्याम नारायण पौडेल , वडा नं.५- बाट काँग्रेसका डिल बहादुर गुरुङ विजयी हुनुभएकाे छ ।
फेदीखोला गाउँपालिकाको अध्यक्षको प्रत्यासीमा एमालेका घनश्याम सुवेदी कांग्रेसका लक्ष्मी बराल सहित नेशनल अर्गानाइजेसनका शेरबहादुर गुरुङ र नेकपा एकीकृत समाजवादीका अर्जुन खत्री चुनावी मैदानमा हुनुहुन्थ्याे ।
फेदीखोला गाउँपालिकामा १२ हजार १ सय ६५ मतदाता मध्य ८ हजार १ सय ३९ मतदाताले मतदान गर्नुभएकाे थियाे ।
वडा नम्वर १ – मा १ हजार ४ सय ३२, वडा नम्वर २- मा २ हजार ४ सय ८६, वडा नम्वर ३- मा १ हजार ३ सय ३, वडा नम्वर ४ – मा २ हजार १ सय ३० र वडा नम्वर ५ – मा ७ सय ९४ मत खसेको बताईएको छ । ४ सय मत बदर भएकाे बताईएको छ ।