७ जना कोराना संक्रमित थपिए, ९ जना कोरोना संक्रमण मुक्त • Nepal's Trusted Digital Newspaper७ जना कोराना संक्रमित थपिए, ९ जना कोरोना संक्रमण मुक्त • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ७ जना कोराना संक्रमित थपिए, ९ जना कोरोना संक्रमण मुक्त

७ जना कोराना संक्रमित थपिए, ९ जना कोरोना संक्रमण मुक्त

  • समाचारपाटी
  • सोमवार, जेष्ठ २, २०७९
७ जना कोराना संक्रमित थपिए, ९ जना कोरोना संक्रमण मुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा ७ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा २ हजार ७ सय ८५ जनाकाे पिसिआर परीक्षण गर्दा ६ जना र १ हजार २ सय ३९ जनाकाे एनटिजेन परीक्षण गर्दा १ जना गरी ७ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर १ सय ३९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

देशभर काेराेना संक्रमणबाट मुक्त हुनेकाे संख्या ९ लाँख ६६ हजार ९ सय १३ रहेकाे छ भने मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५२ पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका