भीरकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका गोविन्दकुमार कर्माचार्य निर्वाचित • Nepal's Trusted Digital Newspaperभीरकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका गोविन्दकुमार कर्माचार्य निर्वाचित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • भीरकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका गोविन्दकुमार कर्माचार्य निर्वाचित

भीरकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका गोविन्दकुमार कर्माचार्य निर्वाचित

  • समाचारपाटी
  • सोमवार, जेष्ठ २, २०७९
भीरकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका गोविन्दकुमार कर्माचार्य निर्वाचित

वालिङ । स्याङ्जाको भीरकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गोविन्दकुमार कर्माचार्य निर्वाचित हनुभएकाे छ । कर्माचार्यले ६ हजार ५ सय ४ मत ल्याई निर्वाचित हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विश्वनाथ अर्यालले ५ हजार ६ सय ६९ मत पाउनुभएकाे थियाे ।

उपप्रमुखमा नेपाली काँग्रेसकी भगवती रेग्मी अर्यालले ७ हजार १ सय ९७ मतसहित निर्वाचित हुनुभयाे । उहाँकी निकटतम प्रतिस्पर्धी सरस्वती अधिकारीले ४ हजार ९ सय २८ मत पाउनुभयाे ।

नगरपालिकाको वडा नं १, २, ३, ४, ५, ७, ८ र ९ गरी ८ वटा वडामा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवारहरु निर्वाचित हुनुभयाे, भने वडा नं ६ मा नेकपा एमालेका अध्यक्षमात्रै निर्वाचित हुनुभएकाे छ । गाउँपालिकामा निर्वाचित हुने ४७ सिटमध्ये ४६ जना नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएकाे छ ।

भीरकोट नगरपालिकामा २० हजार ४ सय २७ जना मतदाता रहेकोमा १३ हजार १३ जनाले मतदान गरेका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा पनि भीरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका