महोत्तरीमा लोसपा का तर्फबाट ३ वडाध्यक्ष विजयी • Nepal's Trusted Digital Newspaperमहोत्तरीमा लोसपा का तर्फबाट ३ वडाध्यक्ष विजयी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • महोत्तरीमा लोसपा का तर्फबाट ३ वडाध्यक्ष विजयी

महोत्तरीमा लोसपा का तर्फबाट ३ वडाध्यक्ष विजयी

  • समाचारपाटी
  • सोमवार, जेष्ठ २, २०७९
महोत्तरीमा लोसपा का तर्फबाट ३ वडाध्यक्ष विजयी

महोत्तरी । महोत्तरीमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का तर्फबाट ३ वडाध्यक्ष विजयी भएका छन्। आईतबार मतगणनाको क्रममा ६ वटा पालिकामा ३ मा लोसपा, १ मा नेपाली कांग्रेस, १ जनता समाजवादी पार्टी र १ जना नेकपा माओवादीको तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित हुनुभएकाे हाे।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार भंगहा नगरपालिका वडा नं. १ मा विपीन साह ९ सय ६१ मत ल्याई विजयी हासिल गर्नुभएकाे हाे। त्यस्तै महोत्तरी गाँउपालिका १ मा रंजित कुमार चौधरी सोही पार्टीको तर्फबाट ३ सय ७८ मत ल्याई विजयी हासिल गर्नुभएकाे हाे। यता लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मटिहानी नगरपालिका वडा नं. १ मा रंजितकुमार चौधरी विजयी हासिल गर्नुभएकाे छ।

निर्वाचन अधिकृत कार्यालयका अनुसार मनरा सिस्वा नगरपालिका वडा नं. १० मा कांग्रेसका अरुणकुमार चौधरीले ७ सय ८० मत ल्याई विजयी हुनुभएकाे छ। रामगोपालपुर नगरपालिका वडा नं. २ मा नेकपा माओवादीको मुकेश यादव निर्वाचित हुनुभएकाे हाे।

त्यस्तै पिपरा गाँउपालिका वडा नं. २ मा जनता समाजवादी पार्टीको तर्फबाट संजित यादव निर्वाचित हुनुभएकाे हाे।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका