हुम्ला नाम्खा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका लामा विजयी • Nepal's Trusted Digital Newspaperहुम्ला नाम्खा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका लामा विजयी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • हुम्ला नाम्खा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका लामा विजयी

हुम्ला नाम्खा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका लामा विजयी

  • समाचारपाटी
  • सोमवार, जेष्ठ २, २०७९
हुम्ला नाम्खा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका लामा विजयी

काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

अध्यक्षमा माओवादीका प्रेमबहादुर लामा विजयी हुनुभएकाे छ । लामाले १ हजार ४ सय ६६ मत ल्याउनुभएकाे छ । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सूर्यबहादुर लामाले  भने ६ सय ६२ मत ल्याउनुभएकाे छ । ८ सय ४ मतान्तरले लामा विजयी हुनुभएकाे छ ।

यस्तै उपाध्यक्षमा कांग्रेसका तक्दीर लामा विजयी हुनुभएका छ । उहाँले १ हजार ९४ मत ल्याउनुभएकाे छ  । उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारले ५ सय ६५ मत ल्याउनुभएकाे छ  एमालेका नुरजङ तामाङले ४ सय ८२ मत ल्याउनुभएकाे छ ।

यो गाउँपालिकाको वडानम्बर २, ३ र ६ मा स्वतन्त्र, १ र ४ मा एमाले र पाँचमा कांग्रेस विजयी भएका छन् । ६ नम्बरका अध्यक्ष यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका