मायादेवी मन्दीरमा पूजाआजा गरेर मोदीले गर्नुभयाे बिहारको शिलान्यास • Nepal's Trusted Digital Newspaperमायादेवी मन्दीरमा पूजाआजा गरेर मोदीले गर्नुभयाे बिहारको शिलान्यास • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मायादेवी मन्दीरमा पूजाआजा गरेर मोदीले गर्नुभयाे बिहारको शिलान्यास

मायादेवी मन्दीरमा पूजाआजा गरेर मोदीले गर्नुभयाे बिहारको शिलान्यास

  • समाचारपाटी
  • सोमवार, जेष्ठ २, २०७९
मायादेवी मन्दीरमा पूजाआजा गरेर मोदीले गर्नुभयाे बिहारको शिलान्यास

लुम्बिनी । सोमबार बिहान साँढे १० बजेतिर हेलिकोप्टरमार्फत लुम्बिनी अवतरण गर्नुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले  लुम्बिनीस्थित मायादेवी पुगेर पूजाआजा गर्नुभएकाे छ ।

मोदीलाई हेलिप्याडमा प्रधानमन्त्री शेरबहदुर देउवाले स्वागत गर्नुभएकाे थियाे । भारतका प्रधानमन्त्री नरेन्द्र  मोदीसँगै प्रधानमन्त्री शेरबहदुर देउवाले मायादेवी मन्दीरमा पूजाआजा गर्नुभएकाे थियाे । मोदीले मन्दिर छेउमा रोपिएको बोधि वृक्षमा जल चढाउनुभएकाे थियाे । त्यसलगत्तै मोदीले भारतले निर्माण गर्न लागेको बिहारको शिलान्यास गर्नुभयाे।

यी दुई कार्यक्रममा सहभागी भएर मोदी होटल पवन प्यालेस पुग्नुभएकाे छ । त्यहाँ पाचँवटा दुई पक्षीय सम्झौता हुनेछ । लुम्बिनी बौद्ध विश्वविद्याालय, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयसँग भारतीय विभिन्न संस्थाले सहकार्य गर्नेछन् ।

ती सम्झौता पत्र दुई प्रधानमन्त्रीका रोहबरमा हस्तान्तरण हुनेछ । त्यसलगत्तै देउवा र मोदीबीच वार्ता हुनेछ । त्यसपछि दुबै प्रधानमन्त्री बुद्धजयन्तीको मुल समारोहमा सहभागी हुने कार्यतालिका रहेको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका