सुनिता कार्की, स्याङ्जा । स्याङ्जा फेदिखोला गाउँपालिका वडा नं. – २ मा नेकपा एमाले का वडा अध्यक्ष उम्मेदवार अबिलास गुरूङसहितकाे प्यानल बिजय भएकाे छ । फेदिखोला वडा नं. -२ काे मत गणना आइतबार सम्पन्न भएकाे थियाे ।
नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार अबिलास गुरूङले १ हजार ३ सय ७३ मत प्राप्त गर्नुभएकाे छ भने उहाँ प्रतिद्धन्दी नेपालि काँग्रेसका उम्मेदवार धनराज केसीले ८ सय ९७ मत प्राप्त गर्नुभएकाे थियाे । ४ सय ७६ मतान्तरले एमालेका वडा अध्यक्ष उम्मेदवार गुरूङ विजयी हुनुभएकाे हाे ।
नेकपा एमाले महिला सदस्य उम्मेदवार कलावति बस्नेतले १ हजार ३ सय २१ मत प्राप्त गर्नुभयाे भने उहाँ प्रतिद्धन्दी नेपाली काँग्रेसकी महिला सदस्य उम्मेदवार मिठू मिजारले ८ सय ७७ मत प्राप्त गर्नुभएकाे थियाे । ४ सय ४४ मतान्तरले नेकपा एमाले सदस्य उम्मेदवार कलावति बस्नेत विजयी हुनुभएकाे हाे ।
नेकपा एमालेकी दलित महिला सदस्य उम्मेदवार क आशु वि क ले १ हजार ३ सय २१ मत प्राप्त गर्दा , नेपाली काँग्रेसकी दलित महिला सदस्य उम्मेदवार सिता क्षेत्री सुनारले ८ सय ७१ मत प्राप्त गर्नुभएकाे थियाे । ४ सय ५० मतान्तरले नेकपा एमालेकी उम्मेदवार क आशु वि क विजयी हुनुभएकाे हाे ।
नेकपा एमालेका खुला सदस्य उम्मेदवार निरमाया कार्कीले १ हजार २ सय ९२ मत प्राप्त गर्दा ,नेपाली काँग्रेसका उम्मेदवार डिल बहादुर कार्कीले ८ सय ६३ मत प्राप्त गर्नुभएकाे थियाे । ४ सय २९ मतान्तरले खुला सदस्य उम्मेदवार निरमाया कार्की विजयी हुनुभएकाे हाे ।
गठबन्धन खुला सदस्य उम्मेदवार बल बहादुर गाेदारले ५ सय ६९ मत प्राप्त गर्दा , नेकपा एमालेका खुला सदस्य उम्मेदवार बिर बहादुर कार्कीले १ हजार २ सय ९२ मत प्राप्त गर्नुभएकाे थियाे । ७ सय २३ मतान्तरले खुला सदस्य उम्मेदवार बिर बहादुर कार्की विजयी हुनुभएकाे छ ।