भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालकाे झिनो मतान्तरले अग्रता कायम रहेकाे छ ।
चार हजार ८ सय ७७ मत गणना हुँदा रेनुले १ हजार ७ सय २७ र नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १ हजार ६ सय ४७ मत ल्याउनुभएकाे छ । स्वतन्त्र उम्मेदवारी दिनुभएका कांग्रेस नेता जगन्नाथ पौडेलले ५ सय ७९ मत पाउनुभएकाे छ ।
उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १ हजार ८ सय ९५ मत पाउनुभएकाे छ । त्यस्तै राप्रपा उम्मेदवार हिमला गुरुङले १ हजार ३ सय ३३ मत पाउनुभएकाे छ ।
भरतपुरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको तालमेल छ । नेकपा एमालेले पनि राप्रपासँग तालमेल गरेको छ ।