स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका ४ आरुखर्क मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार ख्यामनारायण पौडेलसहित प्यानल विजयी भएकाे छ ।
शनिबार राती सम्पन्न मत गणनामा फेदीखोला गाउँपालिका ४ नेपाली कांग्रेस वडा अध्यक्षका उम्मेदवार ख्यामनारायण पौडेलले १ हजार १ सय ७३ मत ल्याउदा ख्यामनारायण पौडेलका प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार चेतनदास शर्माले ८ सय ४३ मत ल्याउनुभएकाे छ ।
शर्मा लाइ पछि पार्दै ३ सय ३० मतान्तरले नेपाली कांग्रेस उम्मेदवार पौडेल विजय हुनुभएकाे हाे ।
दलित महिला सदस्य नेपाली काँग्रेसकी उम्मेदवार सम्झना वि क ले १ हजार १ सय ३० मत ल्याउँदा नेकपा एमाले दलित महिला सदस्य राजकुमारी नेपालीले ८ सय ७१ मत ल्याउनुभएकाे छ । २ सय ५९ मतान्तरले नेपाली काँग्रेसकी उम्मेदवार सम्झना विजयी हुनुभएकाे छ ।
वडा महिला सदस्य नेपाली काँग्रेसकी उम्मेदवार पुजा गुरूङले १ हजार १ सय ८३ मत ल्याउदाँ , नेकपा एमालेकी उम्मेदवार उम्मेदवार ज्ञानुमाया पाैड्यालले ८ सय ३५ मत ल्याउनुभएकाे छ । ३ सय ४८ मतान्तरले नेपाली काँग्रेसकी पुजा गुरूङ विजयी हुनुभएकाे छ ।
नेकपा एमाले खुल्ला सदस्य उम्मेदवार १ मेघनाथ पौडेलले ७ सय ८३ मत ल्याउँदा, नेपाली काँग्रेसका खुल्ला सदस्य उम्मेदवार १ भरत गुरूङले १ हजार १ सय ५८ मत ल्याउनुभएकाे छ । ३ सय ७५ मतान्तरले नेपाली काँग्रेसका गुरूङ विजयी हुनुभएकाे छ ।
नेकपा एमाले खुल्ला सदस्य उम्मेदवार २ रुद्रबहादुर गुरुङले ७ सय ६४ मत ल्याउँदा, नेपाली काँग्रेसका खुल्ला सदस्य उम्मेदवार २ हेमन्तराज पाैड्यालले १ हजार ७३ मत ल्याउनुभएकाे छ । ३ सय ९ मतान्तरले नेपाली काँग्रेसका उम्मेदवार हेमन्तराज पाैड्याल विजयी हुनुभएकाे छ ।
फेदीखोला गाउँपालिका ४ आरुखर्क मा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार ख्यामनारायण पौडेलसहित वडा सदस्य भारी मतले विजयी हुनुभएकाे छ ।