काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहले २ हजार ६ सय १ मत पाउनुभएकाे छ ।
आइतबार राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा उहाँले दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भन्दा करिब १२ सय मत बढी पाउनुभएकाे छ ।
स्थापितले १ हजार ४ सय १५ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १ हजार ३ सय ५९ मत पाउनुभएकाे छ । हाल काठमाडौं महानगरपालिकाको वडा नम्बर १, वडा नम्बर २, वडा नम्बर ३, वडा नम्बर ४ र वडा नम्बर ३२ को मतगणना चलिरहेको छ ।