जुम्ला गर्ज्याङकोटमा कडा सुरक्षाका साथ आज पुनः मतदान सुरु • Nepal's Trusted Digital Newspaperजुम्ला गर्ज्याङकोटमा कडा सुरक्षाका साथ आज पुनः मतदान सुरु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • जुम्ला गर्ज्याङकोटमा कडा सुरक्षाका साथ आज पुनः मतदान सुरु

जुम्ला गर्ज्याङकोटमा कडा सुरक्षाका साथ आज पुनः मतदान सुरु

  • समाचारपाटी
  • आइतवार, जेष्ठ १, २०७९
जुम्ला गर्ज्याङकोटमा कडा सुरक्षाका साथ आज पुनः मतदान सुरु

जुम्ला । स्थगित भएको जुम्लाको गुठचौर गाउँपालिका-३ गर्ज्याङकोटमा आज पुनः मतदान सुरु भएको छ । वैशाख ३० गते मतदानका क्रममा शंकर माध्यामिक विद्यालयको केन्द्रमा झडप हुँदा स्थगित भएपछि आज कडा सुरक्षाबीच मतदान सुरु गरिएको हो ।

मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई, नेपाली सेनाका गणपति रविन थापा, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्रांगत दाहाल, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दसहितको सुरक्षा टिम मतदान स्थलमा छ ।

मतदान सहज गर्न ठूलो मात्रामा नेपाल प्रहरी, शशस्त्र प्रहरी र बाहिरी घेरमा नेपाली सेना खटिएकाे छ । मतदान भयरहित अवस्थामा सम्पन्न हुने निर्वाचन अधिकृत शम्भु गौतमले जानकारी दिनुभयाे ।

१ हजार ७ मतदाता भएको यो मतदान केन्द्रमा ३ सय २० मत खसिसकेको थियो तर निर्वाचन स्थगित भएपछि पुनः मतदान गरिएको हो ।निर्वाचन अधिकृत तुलराज चौलगाईका अनुसार समाचार तयार हुँदासम्म १ सय ८८ मत खसिसकेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका