हालसम्मको महानगरको मत यस्तो छ • Nepal's Trusted Digital Newspaperहालसम्मको महानगरको मत यस्तो छ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • हालसम्मको महानगरको मत यस्तो छ

हालसम्मको महानगरको मत यस्तो छ

  • समाचारपाटी
  • आइतवार, जेष्ठ १, २०७९
हालसम्मको महानगरको मत यस्तो छ

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले २६०१ मत सहित अग्रता बढाएका छन् । पछिल्लो मत परिणाम अनुसार उनले एक हजार भन्दा धेरै मतले अग्रता बनाएका छन् । एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले १४२७ मत ल्याएका छन् ।

यस्तै, गठबन्धनबाट मेयर उम्मेदवार नेपाली कांग्रेसकी सृजना सिंहले १३५९ मत प्राप्त गरेकी छिन । यस्तै, उपमेयरमा एमालेकी सुनिता डंगोलको फराकिलो अग्रता छ । डंगोलले एक हजार सात सय ४३ मत ल्याएकी छिन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको ५ सय १६ मत छ ।

ललितपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनको अग्रता कायमै छ । ताजा मत परिणाम अनुसार महर्जनले ८ सय २३ मत प्राप्त गरेका छन् । उहाँका प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले ३ सय ८१ मत प्राप्त गर्नु गरेका छन् । उपमेयरमा भने एमालेलाई अग्रता छ । एमालेका उपमेयर उम्मेदवार मञ्जली शाक्य ४ सय २० मतसहित अगाडि छिन् । गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यले एक सय ६७ मत ल्याएका छन् ।

यसैबीच, ललितपुर महानगरपालिकाको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यो वडामा स्वतन्त्र उठेका निर्मल तण्डुकार ६ सय ६१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी धु्रबलाल तण्डुकारले ३ सय ८१ मत प्राप्त गरे ।

पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ । पोखरा महानगर पालिका वडा नम्बर १, २ र १२ को २४ सय मतगणनामा आचार्यले अग्रता लिएका हुन् । एमालेका मेयर उम्मेदवार कृष्ण थापाले ८ सय ६ मत प्राप्त गरेका छन् । राप्रपाका शंकर खरालले १ सय ४८, स्वतन्त्र गनेश पौडेलले ५२ मत प्राप्त गरेका छन् । पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेका छन् । अहिले १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।

चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखेकी छिन् । पछिल्लो मत परिणाम अनुसार उनले एक हजार दुई सय ८ मत पाएकी हुन् । एमालेका उम्मेदवार विजय सुवेदीले एक हजार ८७ मत ल्याएका छन् ।

विराटनगर महानगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाको अग्रता कायमै छ । कोइरालाले दुई हजार ५ सय ८३ मत प्राप्त गरेका छन भने एमालेका सागरकुमार थापाले एक हजार ९ सय ९० मत ल्याएका छन् ।

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहले एक हजार ५ सय ७ र एमालेका उम्मेदवार विजयकुमार सरावगीले ६ सय ६८ मत पाएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका