सेतीमा खसेका थापामगरको जिवितै उद्धार • Nepal's Trusted Digital Newspaperसेतीमा खसेका थापामगरको जिवितै उद्धार • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सेतीमा खसेका थापामगरको जिवितै उद्धार

सेतीमा खसेका थापामगरको जिवितै उद्धार

  • समाचारपाटी
  • आइतवार, जेष्ठ १, २०७९
सेतीमा खसेका थापामगरको जिवितै उद्धार

पोखरा महानगरपालिका ७ स्थित घारीपाटन नजिकै माछा मार्न जाने क्रममा सेती खोचमा अड्किएका विशाल थापामगरलाई सुरक्षा टोलीले जिवितै उद्धार गरिएको छ ।

प्युठानको गौंमुखी गाउँपालिका ३ का ३२ वर्षिय थापामगरलाई सशत्र प्रहरी बल नेपाल २४ नम्बर गण पोखराका सशत्र प्रहरी निरिक्षक भिम बहादुर क्षेत्री नेतृत्वको टोली र नेपाली सेनाको महाविर गण रेन्जरबाट खटिएको क्याप्टेन खगेन्द्र सावा नेतृत्व सँयुक्त टोलीले जिवितै उद्धार गरेको हो ।

पोखरामा ज्याला मजदुरी गर्दै आएका थापामगर स्थानीय तहको निर्वाचनका कारण (शुक्रबार) काम नभएपछि माछा मार्न सेती पुगेको बताइएको छ ।

चिप्लेर लड्दा खुट्टामा चोट लागेको उहाँलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उहाँको उपचार भै रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका