सर्लाहीको हरिपुर्वामा जसपाबाट वडाध्यक्ष निर्वाचित • Nepal's Trusted Digital Newspaperसर्लाहीको हरिपुर्वामा जसपाबाट वडाध्यक्ष निर्वाचित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सर्लाहीको हरिपुर्वामा जसपाबाट वडाध्यक्ष निर्वाचित

सर्लाहीको हरिपुर्वामा जसपाबाट वडाध्यक्ष निर्वाचित

  • समाचारपाटी
  • आइतवार, जेष्ठ १, २०७९
सर्लाहीको हरिपुर्वामा जसपाबाट वडाध्यक्ष निर्वाचित

सर्लाहीको हरिपुर्वा नगरपालिकाको एक वडामा जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवार विजयी भएका छन् । हरिपुर्वा नगरपालिका–३ मा सम्पन्न मत गणनाअनुसार जनता समाजवादी पार्टी नेपालबाट वडाध्यक्षको उम्मेदवारी दिएका प्रमोद राय ८ सय ६ मतसहित विजयी भएका हुन् । रायका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका धनराज सिहंले ७ सय ३ मतमात्र प्राप्त गरे । रायको प्यानलनै विजयी भएको छ ।

यस्तै यस नगरपालिकामा मेयर र उपमेयर पदमा भने नेपाली कांग्रेसका उमेद्वारले अग्रता कायम गरेका छन । कांग्रेसबाट मेयर पदका उम्मेदवारले ८ सय ५० र उपमेयर पदका उम्मेदवारले ६ सय ६९ मतसहित अग्रता बनाएका हुन् । भने, जसपा र लोसपाका उमेद्वारले कांग्रेसलाई पच्छ्याईरहेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका