स्याङ्गजा । स्याङ्गजा फेदीखाेला गाउँपालिका वडा- ३ मा नेपाली काँग्रेस को तर्फ बाट वडा अध्यक्ष कृष्ण बहादुर रानाभाटसहित प्यानल नै बिजयी भएको छ ।
फेदीखाेला गाउँपालिका वडा- ३ भाडखाेलाबाट वडा अध्यक्ष पदका उम्मेदवार नेपाली काँग्रेसका कृष्ण बहादुर रानाभाटले ७ सय ३५ ल्याउनुभएकाे छ उहाँका प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार परशुराम रानाभाटले ४ सय ९३ मत ल्याउनुभएकाे छ । काङ्ग्रेसका रानाभाट २ सय ४२ मतान्तरले विजय हुनुभएकाे हाे ।
स्याङ्गजा फेदीखाेला गाउँपालिका -४ आरूखर्क मा नेपाली काँग्रेस बाट वडा अध्यक्ष मा ख्याम नारायण पौडेलसहित प्यानलनै विजय भएकाे छ ।
खुला महिला उम्मेदवार सदस्यम पुजा गुरुङ, दलित महिला उम्मेदवार सदस्य समझना सुनार तथा खुल्ला सदस्य पदमा भरत बहादुर गुरुङ्ग र हेमन्त राज पौडेल विजयि हुनु भएको छ ।
स्याङ्गजा फेदीखोला पालिका-५ बागे मा नेपाली काँग्रेस को तर्फ बाट वडा अध्यक्ष सहित ३ उम्मेदवार र नेकपा एमाले को तर्फ बाट १ उम्मेदवार बिजयी हुनु भएको हाे ।