पोखरा । पोखरा महानगरपालिकामा आइतबार विहानसम्म १ हजार ६ सय मत गणना हुँदा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायम राख्नुभएकाे छ ।
उहाँले ६ सय १३ मत पाउनुभएकाे छ भने एमालेका कृष्ण थापाले ५ सय ८३ मत पाउनुभएकाे छ । त्यस्तै राप्रपाका शंकरप्रसाद खरालले ९८ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ३६ मत पाउनुभएकाे छ ।
उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ५ सय ८३ मत ल्याउनुभएकाे छ, भने नेपाली कांग्रेसकी कोपिला रानाभाटले ७ सय १६ र राप्रपाकी रञ्जिता सेनले ८२ मत पाउनुभएकाे छ ।
पोखरामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच तालमेल छ ।