स्याङ्गजा । स्याङ्गजा फेदीखाेला गाउँपालिका वडा- ३ मा नेपाली काँग्रेस को तर्फ बाट वडा अध्यक्ष कृष्ण बहादुर रानाभाटसहित प्यानल नै बिजयी भएको छ ।
फेदीखाेला गाउँपालिका वडा- ३ भाडखाेलाबाट वडा अध्यक्ष पदका उम्मेदवार नेपाली काँग्रेसका कृष्ण बहादुर रानाभाटले ७ सय ३५ ल्याउनुभएकाे छ उहाँका प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार परशुराम रानाभाटले ४ सय ९३ मत ल्याउनुभएकाे छ । काङ्ग्रेसका रानाभाट २ सय ४२ मतान्तरले विजय हुनुभएकाे हाे ।
नेकपा एमाले उम्मेदवार महिला वडा सदस्य क गिता शर्माले ४ सय ९८ मत ल्याउनुभएकाे छ भने नेपाली काँग्रेस उम्मेदवार महिला वडा सदस्य राधिका पाैड्यालले ७ सय ३५ मत ल्याउनुभएकाे छ । २ सय ३७ मतान्तरले काँग्रेस उम्मेदवार राधिका पाैड्याल विजयी हुनुभएकाे छ ।
नेकपा एमाले उम्मेदवार दलित महिला वडा सदस्य प्रमिला रसाइलीले ५ सय ३० मत ल्याउनुभएकाे छ भने, नेपाली काँग्रेस उम्मेदवार दलित महिला वडा सदस्य सुमिता मिजारले ६ सय ८६ मत ल्याउनुभएकाे छ। १ सय ५६ मतान्तरले नेपाली काँग्रेस उम्मेदवार सुमिता मिजार विजयी हुनुभएकाे छ ।
नेकपा एमाले उम्मेदवार खुल्ला वडा सदस्य १ मा लाल बहादुर रानाभाटले ४ सय ९८ मत र खुल्ला वडा सदस्य अभिषेक अधिकारी ४ सय ७२ मत ल्याउनुभएकाे छ।
खुल्ला वडा सदस्य १ तर्फ २ सय ३ मतान्तरले नेपाली काँग्रेसका लाल बहादुर रानाभाट विजयी हुनुभएकाे छ।
नेपाली काँग्रेस उम्मेदवार खुल्ला वडा सदस्य १ मा कुल बहादुर रानाभाटले ७ सय १ , नेपाली काँग्रेस उम्मेदवार खुल्ला वडा सदस्य २ मा शिव प्रसाद लामिछानेले ७ सय ७४ मत ल्याउनुभएकाे छ ।
खुल्ला वडा सदस्य २ तर्फ ३ सय २ मतान्तरले नेपाली काँग्रेस उम्मेदवार शिव प्रसाद लामिछाने विजय हुनुभएकाे छ ।
स्याङ्गजा फेदीखाेला गाउँपालिका वडा- ३ नेपाली काँग्रेसकाे वडा अध्यक्ष रानाभाटसहित प्यानलनै विजय भएसँगै विजय र्यालि निकालिएकाे छ ।