यस दिवस कहिलेबाट मनाउन थालियो ?
सन् १९९३ वाट मे १५ लाई परिवार दिवसका रूपमा संयुक्त राष्ट्रसङ्घको आव्हान अनुरूप मनाइन थालिएको हो । यस दिनले परिवारसँग सम्बन्धित मुद्दाहरूको जागरूकता बढाउन र परिवारलाई असर गर्ने सामाजिक, आर्थिक र जनसाङ्ख्यिक प्रक्रियाहरूको ज्ञान बढाउने अवसर प्रदान गर्दछ।
यस वर्षको परिवार दिवसको परिवेश
सहरीकरण हाम्रो संसार र विश्वव्यापी परिवारहरूको जीवन र कल्याणलाई आकार दिने सबैभन्दा महत्त्वपूर्ण मेगाट्रेन्डहरू मध्ये एक हो।
दिगो सहरीकरण धेरै दिगो विकास लक्ष्यहरू, जस्तै (गरिबी उन्मूलन) , (राम्रो स्वास्थ्य र कल्याण), (शहर र मानव बस्तीलाई समावेशी, सुरक्षित, लचिलो र दिगो बनाउने) र (देशहरू भित्र र बिच असमानता घटाउने) सँग सम्बन्धित छ।
यस वर्षको नाराः परिवारहरू र शहरिकण (Families and Urbanization)
आजको विश्वका हरेक परिवारलाई समावेशीपना को आवश्यकता छ, समावेशी भएर हरेक वर्ग, धार, जात, धर्म या सोचका सदस्यलाई वृहत् रूपमा स्वीकार गर्न सक्नु आजको परिवारको आवश्यकता पनि त हो । समावेशी परिवारका लागि पारिवारिक शिक्षा पनि अत्यन्त महत्त्वपूर्ण हुन्छ, आजका दिन संसारभरि विभिन्न रेडियो कार्यक्रम, गोष्ठी, टिभी कार्यक्रम, कार्यशाला, साँस्कृतीक कार्यक्रम गर्दै परिवारको महत्त्व झल्काउने काम गरिन्छ ।