तपाईँको आजको दिन कस्ताे छ त हेर्नुहाेस राशिफल • Nepal's Trusted Digital Newspaperतपाईँको आजको दिन कस्ताे छ त हेर्नुहाेस राशिफल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • तपाईँको आजको दिन कस्ताे छ त हेर्नुहाेस राशिफल

तपाईँको आजको दिन कस्ताे छ त हेर्नुहाेस राशिफल

  • समाचारपाटी
  • आइतवार, जेष्ठ १, २०७९
तपाईँको आजको दिन कस्ताे छ त हेर्नुहाेस राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :
सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ला । निर्णय गलत ठाउँमा पर्न सक्छ । कडा प्रायस गरेपनि सफलता हात नलाग्न सक्छ । साथै, बादविवाद हुन सक्छ । कामको बोझले थाकेको महसुस होला । घर गृहस्थीमा भने समस्या आउन सक्छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :
शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । ब्यापारबाट सोचे झैं लाभ हुनेछ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :भौतिक सुख सुविधाको साधन प्राप्ति हुनेछ । शिक्षा क्षेत्र शुभ रहेको छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ, यसले मान प्रतिस्ठामा राम्रो हुनेछ । काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :आरामदायी यात्रामा रमाइलो हुनेछ । बोलीमा सजगता नअपनाए झूटा आरोप लाग्न सक्छ । परिवारबाट टाढा बस्नुपर्ने छ । साथै, साहित्यिक कार्यमा मन जाने छ । सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :पेटको खराबीले सताउला । पढाइ लेखाइमा पनि ध्यान दिन नसकिएला । पिडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सावधान रहनु होला । खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :आर्थिक पक्ष सबल बन्नेछ । चुनौतीहरू सजिलै पार लाग्नेछन् । बुद्धि बिबेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय हुनेछ । घरमा पाहुना आगमनको योग छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन्

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :व्यापार व्यवसायमा फाइदा हुनेछ । प्रतिस्पर्धीहरू पराजित हुनेछन् । आँटे गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने देखिन्छ । अचानक उपहार मिल्ने योग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :मित्र वर्गबाट साथ सहयोग पाइनेछ । सामाजिक एवम् राजनैतिक क्षेत्रमा गरेको योगदानले मान सम्मान मिल्ला । घरायसी समस्याले सताए पनि गरेका कार्य सफल हुनाले गर्दा मन सन्तुष्ठ रहने छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :नयाँ काम सुरु गर्ने समय छ । खर्चको मात्रा भने बढ्न सक्छ । काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुने सक्छ, सावधान रहनु होला । स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवम् पढाइ लेखाइ प्रभावित हुने सम्भावना छ । काम गर्नमा नै समय बिताए मन खुशी नै रहे पनि सोचे जती फाइदा हुने छैन । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन सक्छ

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । ब्यवसायबाट भने लाभ हुने समय छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धन लाभ हुनेछ । आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका