गुगलले पहिलो स्मार्ट घडी गुगल पिक्सेल वाच सार्वजनिक, • Nepal's Trusted Digital Newspaperगुगलले पहिलो स्मार्ट घडी गुगल पिक्सेल वाच सार्वजनिक, • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गुगलले पहिलो स्मार्ट घडी गुगल पिक्सेल वाच सार्वजनिक,

गुगलले पहिलो स्मार्ट घडी गुगल पिक्सेल वाच सार्वजनिक,

  • समाचारपाटी
  • शनिबार, बैशाख ३१, २०७९
गुगलले पहिलो स्मार्ट घडी गुगल पिक्सेल वाच सार्वजनिक,

गुगलले आफ्नो पहिलो स्मार्ट घडीको रुपमा गुगल पिक्सेल वाच सार्वजनिक गरेको छ । कम्पनीको वार्षिक डेभलपर कन्फ्रेन्समा गुगलले आफ्नो Wear अपरेटिंग सिस्टम तथा फिटबिट हेल्थ ट्रयाकिंग सिस्टम सहितको पिक्सेल वाच सार्वजनिक गरेको हो ।

स्मरण रहोस् गुगलले सन् २०१९ मा २ अर्ब १० करोडमा फिटबिट खरिद गरेको थियो । गुगल पिक्सेल वाचलाई केवल एन्ड्रोइड डिभाइससँग मात्र पेयरिङ गर्न सकिनेछ । अर्थात् गुगलको स्मार्ट घडीलाई आइफोनसँग प्रयोग गर्न सकिनेछैन ।

पिक्सेल स्मार्टवाचमा फोर जी नेटवर्क चल्नेछ । यसको अर्थ फोन नजिक नराख्दा पनि यो स्मार्ट घडी सञ्चालन गर्न सकिनेछ । तर यसका लागि स्मार्टवाचमा पनि आफ्नै डाटा खपत जडान गर्नुपर्नेछ ।

गुगलका अनुसार पेयरिंग गरिएको फोन र पिक्सेल वाच एउटै नेटवर्कमा जडान भएका हुनुपर्नेछ । यो वर्ष सन् २०२२ को उत्तरार्धतिर बजारमा ल्याउने योजना बनाइएको पिक्सेल स्मार्टवाचको मूल्य गुगलले सार्वजनिक गरेको छैन । तथापि यो स्मार्टवाच प्रिमियम प्रडक्ट हुने गुगलको भनाइ छ ।

हालसम्म बजारमा गुगलको वेएर अपरेटिंग सिस्टमबाट चल्ने विभिन्न थर्ड पार्टी एन्ड्रोइड स्मार्टवाच उपलब्ध रहेपनि गुगलको आफ्नै स्मार्टवाच भने थिएन ।

त्यस्तैले गुगलले स्मार्ट घडीको बजारमा अग्रणी कम्पनीहरू एप्पल तथा सामसुङसँग कडा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

गुगलको डिभाइस तथा सर्भिस विभागका उपाध्यक्ष रिक ओस्टरलोहका अनुसार गुगलको वातावरण तथा फिटबिटको विशेषज्ञताले गुगल पिक्सेल वाचलाई अद्धितीय प्रडक्ट बनाएको छ ।

पिक्सेल वाचसँगै गुगलले दुई नयाँ पिक्सेल फोन पनि सार्वजनिक गरेको छ । जसमा सुपथ मूल्यको पिक्सेल सिक्स ए तथा प्रिमियम मूल्यको पिक्सेल सेभेन छन् । यी फोनकेा बिक्री आगामी जुलाइदेखि सुरु हुनेछ ।

त्यस्तै सन् २०२३ मा बजारमा पठाउने गरी नयाँ पिक्सेल ट्याब्लेट तथा ११ घण्टा ब्याट्री टिक्ने भनिएको पिक्सेल बड्स प्रो नामक एयर बड पनि गुगलले सार्वजनिक गरेको छ ।

बीबीसी

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका